Digital Newspaper of Nepal
| Monday, 21 August 2017

देउवा बालुवाटार सरे

जुन 19, 2017

काठमाडांै । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार सरकारी निवास बालुबाटार सर्नु भएको छ । जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि निजी निवास बुढानिलकण्ठमै बस्दै आउनु भएका देउवा सोमबार सरकारी निवास वालुवाटार सर्नु भएको हो । प्रधानमन्त्रीको सरकारी निवासको सामान्य मर्मत सम्भार तथा रङरोगन कार्य पूरा भएको छ ।

रकारी निवासको बैठक कक्ष, विश्राम कक्ष र भान्साको सामान्य ढङ्गले पुनःनिर्माणका साथै रङरोगन गरिएको छ । प्रधानमन्त्री देउवाका लागि सरकारी निवासमा कुनै नयाँ सामान खरिद गरिएको छैन । पुरानै सामानबाट काम चलाउने भनेपछि सोहीअनुसार व्यवस्था गरिएको बताइएको छ । यसअघि नयाँ प्रधानमन्त्रीका लागि हरेक सरसामान नयाँ खरिद गर्ने प्रचलन थियो ।