Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

अझै शुरु भएन लकिङ प्रणाली

NIC Bank, Long AD

जुन 19, 2017

काठमाडौं । नेपाल आयल निगमले इन्धन चुहावट रोक्न गत वर्षदेखि नै ट्यांकरमा लकिङ प्रणाली लागू गर्ने भने पनि अहिलेसम्म निगमले लकिङ प्रणाीललाई कार्यान्वयनमा ल्याएको छैन । भारतीय आयल कर्पाेरेसन (आईओसी)ले लक खोल्ने मास्टर कि उपलब्ध नगराउँदा लकिङ प्रणाली लागू हुन नसकेको नेपाल आयल निगमले जनाएको छ ।

निगमले आईओसीले ट्यांकरमा लक खोल्ने मास्टर कि उपलब्ध नगराउँदा लकिङ प्रणाली लागू गर्न ढिलाइ भएको जनाएको छ । इन्धनसहित लकिङ गरेर आएका सबै गाडीमा एउटै चाबीले खोल्न मिल्ने छ । नयाँ बनेका ट्यांकरमा लकिङको व्यवस्था गरिएको छ । निगमका अनुसार रक्सौलबाट एक सय, बरौनीबाट एक सय, सिलगुडीबाट २० वटा ट्यांकर लकिङ गरेर आउनेछन् । अहिले १ हजार ५ सय ट्यांकरले तेल बोक्दै आएका छन् । पछिल्लो समय ट्यांकरबाटै इन्धन हराउने गरेको फेला परेपछि निगमले कडाइ गर्दै लकिङ प्रणाली लागू गर्न लागेको हो । निगमका अनुसार आईओसीले आफ्ना डिपोदेखि इन्धन भरेर ट्यांकरमा ताल्चा लगाएर निगमको डिपोसम्म पठाउनेछ । ट्यांकरको चाबी आईओसी र निगमसँग रहने हुँदाबीच बाटोमा इन्धन झिक्न मिल्ने छैन । ट्यांकरमा रडले ताल्चा लगाइने हुँदा बीचमा झिक्न नमिल्ने भएकाले चोरी चुहावट नियन्त्रण हुने निगमको भनाइ छ । आईओसीले ट्यांकरमा लकिङका लागि ताल्चा उपलब्ध गराएको हो । पहिलो चरणमा २ सय २० वटा नयाँ ट्यांकरमा लकिङ प्रणाली लागू गरिने र क्रमिक रूपमा अन्य सबै ट्यांकरमा लागू गर्दै जाने निगमले जानकारी दिएको छ ।