Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

असार १४ का लागि मनोनयन सकियो

NIC Bank, Long AD

जुन 18, 2017

काठमाडौं । दोश्रो चरणमा हुने प्रदेश नम्बर १, ५ र ७ प्रदेशको स्थानीय तह निर्वाचनका लागि आइतबार बिहान देखि सुरु भएको मनोनयन दर्ताको समय सकिएको छ । बिहान ८ बजेदेखि उम्मेदवार मनोनयन दर्ता सुरु भएकोमा राजनीतिक दलहरुले आ–आफनो उम्मेद्वारहरुको मनोनयन दर्ता गराएका हुन् । निर्वाचन आयोगले बिहान ८ बजेदेखि सुरु गरेको उम्मेदवार मनोनयन दर्ता कार्यक्रम भयरहित वातावरणमा सम्पन्न भएको छ । प्रदेश नम्बर १ मा रहेका १४ जिल्लामा १ सय ३७ स्थानीय तह छन् जसमा प्रदेश नम्बर ५ का १२ जिल्लामा १ सय ९ र प्रदेश नम्बर ७ का ९ जिल्लामा ८८ स्थानीय तह रहेका छन् । जसका लागि आइतबार मनोयनको प्रक्रिया अघि बढाइएको थियो । राजपाले विभिन्न तराईका जिल्ला बन्द गराएपनि उम्मेद्वारहरुले मनोनयन दर्ता शान्तिपूर्ण रुपमा भएको हाम्रा टिभी जर्नलिष्टहरुले जनाएका छन् । निर्वाचन आयोगले उम्मेद्वारहरुलाई मनोनयन दर्तापछि मनोनयन फिर्ता लिन चाहानेहरुका लागि समेत समय उपलब्ध गराएर मङलबार अन्तिम उम्मेद्वारहरुको नामावली प्रकाशन गर्ने जनाएको छ । आइतबार उम्मेद्वारी दर्ता गराएपछि दलहरुलाई चुनावी प्रचार प्रसारमा थप सजिलो हुनेछ । असार १४ को निर्वाचन आयोगका लागि निर्वाचन आयोगले ८ हजार ३ सय ९४ मतदान केन्द्र र ४५ सय ८१ मतदानस्थल तोकेको छ ।