Digital Newspaper of Nepal
| Thursday, 19 October 2017

चोरिएको मूर्तिहरु अमेरिकाबाट फिर्ता ल्याइयो

जुन 18, 2017

काठमाडौं । राष्ट्रिय पुरातत्व विभागले नेपालबाट चोरिएका चारवटा मध्यकालीन मूर्तिहरु नेपालमा फिर्ता आएको जनाएकोे छ । असार २ गते अमेरिकाबाट फिर्ता गरिएका चारवटा मध्यकालीन मूर्ति राष्ट्रिय पुरातत्व विभागले प्राप्त गरेकोे हो । राष्ट्रिय पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले नेपालबाट चोरिएका मूर्तिहरु संसारका जुनसुकै कुनामा भएपनि खोजी गरी नेपाल ल्याउन पुरातत्व विभाग लागिपरेका जानकारी दिनुभयोे । उहाँले नेपालमा रहेका मूर्तिहरुको जानकारी मन्दिरका पुजारी बाहेक सर्वसाधरणलाई नहुने भएकोले पनि नेपालमा रहेका मूर्तिहरको यकिन विवरण नभएको बताउनुभयो । पुरातत्व विभागमा प्राप्त भएका मूर्तिहरुमा मारविजयको बुद्ध मूर्ति,स्थानक अमोघपास लोकेश्वरको मूर्ति,स्थानक अमोघपाश लोकेश्वर र मञ्जुश्रीका मूर्ति रहेका छन् । १५,१६ र १७ औँ शताब्दीका मूर्तिहरु कहाँबाट चोरिएका हुन् भनेर अनुसन्धान गरिने विभागले जनाएकोे छ । अमेरिकाबाट फिर्ता गरिएका मूर्तिहरु सर्वसाधारणहरुका लागि अवलोकनका लागि राष्ट्रिय संग्रालयमा राखिने विभागले बताएको छ । सन् ७० को दशकमा नेपाल युनेस्कोको सदस्य राष्ट्र भएपछि इलिसिट ट्राफिकिङ अभिसन्धिमा हस्ताक्षर भएपछि नेपालले अबैध रुपले ओसार पसार भई विदेश निकासी भएका कलाकृतिहरु फिर्ताका लागि माग गर्ने अधिकार नेपालले पाएको हो ।