Digital Newspaper of Nepal
| Monday, 21 August 2017

दश महिनामा १० प्रतिशत व्यापार बढाए : मन्त्री थकाली

जुन 1, 2017

रचना खनाल (प्रशिक्षार्थी) काठमाडौं । वाणिज्य मन्त्री रोमी गौचन थकालीले आफ्नो कार्यकालमा १० प्रतिशत बैदेशिक व्यापार बढाएको बताउनु भएको छ ।
आफ्नो १० महिने कार्यकालको समीक्षा गर्न वाणिज्य मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थकालीले आफ्नो कार्यकालमा वैदेशिक व्यापार बढाएरMinister Romi Gauchan Thakali 20731021 देशको चुलिदो व्यापार घाटा कम गर्न आफूले काम गरेको स्पष्ट पार्नुभयो । व्यापार बढेपनि अझै समस्या रहेको बताउँदै उहाँले सबै पक्ष मिलेर देशलाई स्वाधिन अर्थतन्त्र निर्माण लागु पर्ने आवश्यकता समेत औल्याउनु भयो ।

कार्यक्रममा नीतिगत, संगठनात्मक विकास, द्धिपक्षीय तथा बहुपक्षीय व्यापार सहजीकरण र सम्झौता, सुचना प्रणालीमा आधारित व्यापार प्रणलीमा विकास साथै निर्यात प्रवद्र्धन गरि व्यापारको संम्भावनालाई आफ्नो कार्यकालमा अगाडि बढाएको बताउनुभयो । भारतसँग भएको व्यापार तथा पारवहन सन्धीको नवीकरण, विभिन्न नाकाहरु सहज बनाउ थालिएको प्रयास, विभिन्न देशहरुमा नेपाली वस्तुको प्रर्वद्धन गरिएको उल्लेख गदै मन्त्री थकालीले आफुले कर्मचारी संग मिलेर काम गरेको हुँदा धेरै कार्यसम्पादन गर्न सहज भएको बताउनुभयो ।

आगामी सरकारले पनि अहिलको सरकारले ल्याएको विभिन्न नीति र कार्यक्रमलाई निरन्तरता दिएर दीर्घकालीन उद्यमशीलताको विकास गर्न लागि पर्नुपर्ने उहाँको जोड थियो । राजनीति पदिय लाभका लागि मात्र नभई जनताको सेवा गर्नका लागि भएको भन्दै सबै मिलेर अगाडि बढ्न सके मात्रै देश विकासको मार्गमा अगाडि बढ्ने उहाँको भनाई थियो ।