Digital Newspaper of Nepal
| Monday, 21 August 2017

महानगरपालिका द्धारा तार व्यवस्थापनको कार्य सुरु

मे 6, 2017

रचना खनाल (प्रशिक्षार्थी) । २३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदूषण नियन्त्रणका लागि बिजुलीका खम्बामा जथाभाबी टाँगिएका तार व्यवस्थापनको काम सुरु गरेको छ ।
अहिलेसम्म त्रिपुरेश्वर, कमलादी र कमलपोखरीका खम्बाका अव्यवस्थित र भुइँमा छाडिएका तार व्यवस्थापन सुरु गरिएको कामपा, वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार तार व्यवस्थापनका क्रममा अहिलेसम्म कामपाले १५ ट्रक अव्यवस्थित तार निकालेर टेकुमा सङ्कलन गरिसकेको छ ।
यसरी जथाभाबी तार छरिएर रहँदा सहर कुरुप हुनाका साथै आगलागीको समस्यासमेत उत्पन्न हुने हुँदा कामपाले यस्तो अभियान सुरु गरेको हो । व्यवस्थापनकै क्रममा कामपाका प्रतिनिधिले अव्यिवस्थित रुपमा तार टाँग्ने इन्टरनेट सेवा प्रदायक केही कम्पनीलाई कारबाही गरेको छ ।
ती कम्पनीलाई कारबाहीस्वरुप र २० २० हजार जरिवानासमेत गरिएकोे छ । जथाभाबी रुपमा सडकलाई कुरुप बनाउन खोज्ने अन्यलाई पनि कामपाले यस्तो नगर्न चेतावनी दिएको छ ।

पछिल्लो समय कामपाले नमिलेको तार मिलाउने र अनावश्यक काट्ने, र फाल्ने तथा सडकमा रहेको धुलो राती पानीले पखाल्नेजस्ता कार्यलाई तीव्र रुपमा अघि बढाएको छ ।