Digital Newspaper of Nepal
| Thursday, 19 October 2017

मन्त्री थकालीले के के गरे ? विवरण सार्वजनिक हुँदै

मार्च 20, 2017

Minister Romi Gauchan Thakali 20731021काठमाडौं । वाणिज्य मन्त्री रोमी गौचन थकालीले आफ्नो कार्यकालमा भएको प्रगतीको कार्यविवरण सोमवार सार्वजनिक गर्ने भएका छन् । २०७३ भदौ १० गते पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भए यता आफ्नो कार्यकालमा भएको प्रगतीको विवरण मन्त्री थकालीले सार्वजनिक गर्न लागेका हुन् । स्वच्छ छवि, निडर, निर्भिक स्वभावका मन्त्री थकालीले आठ महिने कार्यकालमा नेपाल भारतबीचको टे«ड एण्ड ट्रान्जिट सन्धी ७ बर्षका लागि नवीकरण गरेका छन् भने नेशनल टे«ड इन्ट्रिगेशन स्ट्राटेजी २०१६ लाई कार्यान्वयनमा ल्याएका छन् । नेपालको गलैचा, पस्मिना, हस्तकला, कार्पेटका लगायत नेपाली उत्पादनलाई विश्व बजारमा पु¥याएर स्वाधीन अर्थतन्त्र निर्माणका लागि डटेर लागि परेका मन्त्री थकालीले विभिन्न देशमा भएको कार्यक्रमहरुमा नेपाली उत्पादनको प्रवद्र्धन गर्नुका साथै नेपाली सामाग्रीको बजारीकरणका लागि महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । देशलाई आर्थिक रुपले उन्नतीको बाटोमा लैजान नेपाली वस्तुहरुको प्रवद्र्धन र वैदेशिक लगानी भित्रएर मुलुकलाई औद्योगिककरण लैजानु पर्नेमा जोड दिदै आएका मन्त्री थकालीले सोमवार २ बजे पत्रकार सम्मेलन गरि विस्तृत जानकारी दिने वाणिज्य मन्त्रालयले जनाएको छ । जति समय मन्त्री भएर बसिन्छ, त्यती समय आफूले सुधारका लागि प्रयत्न गर्ने बताउँदै आएका मन्त्री थकालीले आफूले थालेको सुधारमा कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्दै आएका छन् ।