Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

निर्वाचनको वातावरण बिग्रिएको छैन ः एमाले

NIC Bank, Long AD

मार्च 8, 2017

Congress-UML-and-Maoist-Meetingकाठमाडांै । प्रमुख विपक्षी दल नेकपा एमालेले सत्तारुढ दल समक्ष बैशाख ३१ का लागि तय भएको स्थानिय निर्वाचनको वातावरण नबिग्रिएको दावी गरेको छ । बालुवाटारमा भएको सत्तारुढ दल र एमालेको बैठकमा एमालेले निर्वाचन सार्न वा स्थगित नगर्न सत्तारुढ दल समक्ष आग्रह गरेको हो । मेची महाकाली अभियान विथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा ३ जनाको मृत्यु भएपछि कार्यक्रम स्थगित गरेर काठमाडौं आएका एमाले शीर्ष नेताहरुले सत्तारुढ कांग्रेस र माओवादीका शीर्ष नेताहरुलाई भेटेका हुन् । भेटमा एमाले नेताहरुले सप्तरी घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । एमालेले वैशाख ३१ का लागि घोषित चुनाव सार्न वा स्थगित गर्न नपाउने प्रष्ट रुपमा सत्तारुढ दललाई बताएको उपाध्यक्ष बामदव गौतमले सञ्चारकर्मीलाई बताउनुभयो ।
बैठकमा एमालेका शीर्ष नेताहरुलाई प्रधानमन्त्री पुष्पकमल मेची महाकाली अभियानका ’boutमा पुर्नविचार गर्न आग्रह गर्नुभएको थियो । फागुन २१ गतेदेखि झापाबाट एमालेले मेची महाकाली अभियान सुरु गरेको थियो । सप्तरी घटनापछि तीन दिन स्थगित भएको एमालेको मेचीमहाकाली अभियान बिहीबारबाट हेटौंडादेखि पुनः सुरु हुँदैछ ।