Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

यस्तो छ सुन तस्करीको जालो

NIC Bank, Long AD

मार्च 8, 2017

timthumb
काठमाडौं । नेपालमा सुन तस्करी गर्ने गिरोहको सूची प्रहरीले सार्वजनिक गरेको छ । त्रिभुवन विमानस्थलमा भएको साढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको दाबी गर्दै प्रहरीले ३३ जनाको नाम आइतवार सार्वजनिक गरेको हो । युएईबाट सुन नेपाल भित्र्उँने र नेपालमा त्यसको व्यवस्थापन गर्ने मध्ये नेपालमा संग्लन केही पक्राऊ परे पनि युएईमा बस्ने १० जना नेपालीलाई अझै पक्राउ परेका छैनन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले स्केच नै बनाएर टेलिफोन नम्बरसहित ३३ व्यक्तिको नाम सार्वजनिक गरेको हो ।
सुन तस्करीका मुख्य नाइके हरिशरण खड्का भएको प्रहरीले दावी गरेको छ र उनी युएईमै बस्दै आएका छन । काभ्रेपलाल्चोक जिल्लाको चलाल गणेशस्थान गाविस ६ का खड्का यसका मुख्य योजनाकार हुन् । युएईमा बसेर सुन तस्करीमा खड्काको नेटवर्क अन्र्तगत काम गर्नेहरुमा रोशन गुप्ताल भुसाल, कृष्णगोपाल अग्रवाल, राजनप्रसाद पन्त, अर्जुनप्रसाद खरेल, चूडामणि उप्रेती, केशव चापागाई, सञ्चय भनिने दुर्गाप्रसाद खरेल, ध्रुब र गोपाल भुसाल रहेको डिआइजी नवराज सिलवालले बताए ।
नेपालमै रहेर उनीहरुलाई सुन तस्करीमा सहयोग गर्नेहरु सन्तोष काफ्ले, गोपाल शाही, दिलबन्धु थापा मुख्य रहेको प्रहरीले दावी गरेका ेछ  । उनीहरु युएईबाट सुन ‘रिसिभ’ गर्ने र विभिन्न ठाउँमा सप्लाई गर्ने काममा संग्लन रहेको प्रहरीको भनाइ छ ।
युएईबाट आएको सुनका मुख्य ‘रिसिभर’ व्यक्तिहरुमा रामहरी कार्की, सुबिन भनिने रामप्रताप खड्का, प्रकाश खरेल तथा बुद्धीमान खरेल रहेको प्रहरीले बताएको छ ।
गोपाल शाहीसँग मिलेर भरियाको काम गर्नेहरुमा निरज भनिने भोला मगर, संकेत खतिवडा उपाध्याय, विष्णु सुवेदी र माधव सुवेदी रहेको केन्द्रीय अनुसन्धान व्युरोको दावी छ ।
 विमास्थलमा संग्लन यी हुन्
सुन तस्करहरुलाई एयरपोर्टमा क–कसले सघाउने गरेको छ दावी पनि प्रहरीले गरेको छ । दिलबहादुर थापाले ल्याएको सुन विमानस्थलमा श्रीनारायण यादवसम्म आइपुग्ने र उनीबाट एसएसपी श्यामबहादुर खत्रीसमक्ष पुग्ने गरेको प्रहरीले दावी गरेको छ । यादवबाट एसएसपी खत्रीका अतिरिक्त राजकुमार ढकाल, गंगा भुर्तेल, तेजबहादुर श्रेष्ठ, श्याम श्रेष्ठ र प्रदुम्नहरी श्रेष्ठसम्म विमानस्थलबाटै सुन तस्करीमा संलग्नता देखिएको तथ्य सीआइबीले सार्वजनिक गरेको हो । उनीहरुले सेटिङ बनाएर सुनको तस्करी गर्ने गरेको प्रहरी भनाई छ ।
सुन मगाउँने को को हुन् ?
प्रहरीले सुन तस्करीको फरार सूचीमा नेपालका चर्चित सुन व्यवशायीहरु संलग्न रहेको सिआईबीले दाबी गरेको छ । आरके ज्वेलर्स, सालिमार ज्वेलर्स, साईराम ज्वेलर्स र वैवभ लक्ष्मी ज्वेलर्सका सञ्चालकहरु समेत सुन तस्करीको सञ्जालमा संलग्न रहेको पाइएको सिआईबीको अनुसन्धानबाट खुलेको छ । आरके ज्वेलर्सका संचालक राजेन्द्र कुमार शाक्य, आर के डाईमन्डका सञ्चालक रहेकी शाक्यकी श्रीमती मल्लिका बज्रचार्य शाक्य पनि सुन तस्करीको सञ्जालमा संलग्न रहेको पाइएको छ । सालिमार ज्वेलर्सका सञ्चालक रामकृष्ण गोयल, श्रीमती कुशुम र छोरा राहुललाई पनि प्रहरीले प्रतिवादी बनाएको छ । त्यस्तै साई राम ज्वेलर्सका सञ्चालक भारतीय नागरिक अमोल विभुती सुन तस्करीमा संलग्न रहेको सिआईबीको दाबी छ ।  वैभव लक्ष्मी एण्ड सिल्भर ज्वेलर्सका सञ्चालक प्रमोद श्रेष्ठपनि यही सञ्जालसँग जोडिएको सिआईबी जिकिर छ । थप दुई ज्वेलर्समाथि अनुसन्धान हुँदै भइरहेको प्रहरीले जनाएको छ ।  उनीहरुलाई सघाउने र साझेदारका रुपमा संलग्नहरुमा रवि राजेश बोगटी, शनि श्रेष्ठ र गीता श्रेष्ठ रहेको प्रहरीले दावी गरेको छ । त्यस्तै मनोज श्रेष्ठ, सुनील श्रेष्ठ, राजेश शाक्य र सपन श्रेष्ठ पनि सेयर होल्डरका रुपमा तस्करीमा संलग्न रहेको रहँदै आएका थिए ।
 १२ समातिए, २१ अझै पक्राउ परेनन्
प्रहरीले हालसम्म १२ जनालाई पक्राउ गरेको छ भने २१ जना फरार रहेको जनाइएको छ । पक्राउ परेकाहरुमा एसएसपी श्याम खत्री, युएईबाट सुनको लगेज ल्याउने गोपाल शाही, सन्तोष काफ्ले, दिलबन्धु थापा, श्रीनारायण यादव, राजकुमार खरेल, श्याम श्रेष्ठ, रामहरी कार्की, मनोज श्रेष्ठ, सुनील श्रेष्ठ, राजेश शाक्य र सपन श्रेष्ठ छन् । बाँकी रहेका २१ जना सबै फरार छन् जसमध्ये १० जना युएईमा बस्दै आएको प्रहरीले जनाएको छ ।