Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

शोक मग्न मलेठ ! अधिकांश घरमा जलेन चुल्हो प्रत्यक्षदर्शी भन्छन्–गाउँ छिरेर प्रहरीले गाउँलेलाई गोली ठोक्यो

NIC Bank, Long AD

मार्च 8, 2017

सप्तरीको मलेठ गाविस यतिखेर शोक मग्न छन् । सोमवार राति देखिनै गाउँका अधिकांश घरमा चुल्हो समेत जल्न सकेको छैन । सोमवार मात्रै मधेशी मोर्चा र प्रहरी विच भएको झडपका क्रममा प्रहरीको गोलीलाई यस गाउँका दुई जनाको ज्यान गएपछि यतिखेर सिंगो गाउँनै शोक मग्न हुन पुगेको हो ।
मोर्चा र एमालेका लागि फाल्गुन २३ गते आ–आफ्नो साख र प्रतिष्ठा जोगाउने दिन थियो, तर सप्तरीको मलेठ गाविसका लागि भने यो कालो दिन भनेर आयो । मलेठका अधिकांश बासिन्दाहरु सोमवार अर्थात फाल्गुन २३ गतेलाई कालो दिनकै रुपमा सम्झी राखेका छन् ।
मधेशी मोर्चाको विरोधका विच एमालेको मेचि–महाकालि अभियान राजविराजवाट सारेर मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा लगिने निर्णायसँगै स्थानीयहरु त्रसित वन्न पुगेका थिए । नभन्दै उनीहरुको त्राश वास्तविकता भयो जस्ले गाउँलाई नै दुखित बनाइ दिएको छ ।
प्रहरी र मोर्चाका कार्यकर्ताबीच भएको झडपका क्रममा प्रहरीले गोली चलाउँदा मलेठ–२ का २२ बर्षिय सञ्जन मेहता र वडा नम्बर ४ का ५५ बर्षिय पिताम्बर मण्डलको मृत्यु भयो । र, हामी सन्जन मेहताको निवास पुग्दा उनको परिवारको आँशु अझै थामिएको थिएनन् । छोराको मृत्युको खवरले आमा शान्ति देवि पनि छिन छिनमै मुर्छित हुने गर्छिन । 2
राजनीतिवाट टाढै रहेको सन्जन ९ महिना अघि मात्रै बैबाहिक बन्धनमा बाँधिएका थिए । सञ्जनको मृत्युको खवर पाए लगत्तै मुर्छा परेकी पत्नी सविता हाल विराटनगर एक अस्पतालमा उपचार भइरहेको छ । भाईको मृत्युको खवरले दाजु रञ्जनलाई पनि हृदयघात भएको पारिवारले दावी गरेका छन् । उनी पनि हाल विराटनगरमै उपचार गराई रहेका छन् । तीन दाजु भाई रहेका सञ्जन आफ्ना आमा वुवाका माईला छोरा हुन् । गाउँकै चौकमा एउटा किराना तथा एउटा पानको पसल सञ्चालन गरेर वसेका वुवा लक्ष्मण मेहताको व्यवसायलाई दुवै दाजुभाई रञ्जन र सञ्जनले समेतले सहयोग गर्दै आएका थिए । अन्य दिन झै सोमवार पनि पसलवाट दिउँसो खाना खान आएको सञ्जन खाना खाएर पसल तिर गईरहँदा प्रहरीको गोलीको शिकार भएको वुवा लक्ष्मण बताउँछन् ।
विविएससम्म पढेका छोरालाई कतै जागिर लगाउने सोच रहेको वताउँदै लक्ष्मणले भनेका छन् ‘विधाताले ठूलो खेलवाड गरेको छ । र, मृतक अर्का ५५ बर्षिय पिताम्बर मण्डल को घर हो यो ।
पारिवारीक आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको पिताम्बरसँगको परिवारसँग घर वनाउने जग्गा समेत रहेको छैन । गाउँकै सडक छेउमा १० धुर एैलानी जग्गामा टिनको छाना भएको फुसको झुप्रोको पिताम्बरको परिवार बस्दै आएका छन् । ५ जना सन्तानका पिता पिताम्बरको मृत्यु भएसँगै यो परिवार पनि गहिरो शोकमा डुबेको छ उनका दुई छोरा र तीन छोरी । हामी पुग्दा पिताम्बरकी श्रीमती सोमनी देविले भक्कानिदै मनको बह पोखिन् । छोरोको मृत्युको खबरले ७५ बर्षिय गोसाई मण्डल स्तब्ध भएका छन् । न बोल्छन्, न केहि गर्छन्, टुलुटुलु हेर्दै गरेका बृद्ध गोसाईको आँखावाट आँशु भने निरन्तर झरिरहेको छ ।
पिताम्बरका आफन्त एवम् प्रत्यक्षदर्शीका अनुसार आफ्नो घर अगाडी नै पिताम्बरलाई गोली लागेको हो । प्रहरी र मोर्चाको झडप भएको स्थान भन्दा झण्डै २ सय मिटर पुर्व गाउँको भित्री भागमा पिताम्बरको घर रहेको छ । मोर्चाका कार्यकर्तालाई लखेटदै गाउँ पसेका प्रहरीले गोली चलाउँदा उनको निधन भएको प्रत्यक्षदर्शीको भनाई छ ।
दुवैको शव हाल धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । हिन्दु परम्परा अनुसार शवको अन्तिम संस्कार नगरिएसम्म मृतकको घरमा चुल्हो समेत जल्दैन । छिमेकको बज्रपात हुँदा अहिले यो गाउँ नै उजाड जस्तो भएको छ ।
मृत्यु भएका दुवै जना मध्ये कोही पनि राजनीतिक दल वा राजनीतिक आस्था बोकेका व्यक्ति नभएको गाउँलेहरुको दावी गरेका छन् ।
स्वास्थ्यकर्मी पनि मारिए
सोमवारको घटनामा प्रहरीको गोली लागेर ज्यान गुमाउने आनन्द साह नेपाल सरकारका जागिरे थिए । पेशाले स्वास्थ्यकर्मी रहेको साह सप्तरीकै डिमन गाविस स्थित स्वास्थ्य चौकिमा सिअहेब पदमा कार्यरत रहेका थिए । सप्तरीको परसवन्नी गाविस–४ घर भएका साहको राजविराज–९ स्थित राजदेवी
टोलमा समेत घर छ । उनी आफ्ना परिवार सहित राजविराजमै बस्दै
आएका थिए । सोमवार काम विशेषले बजार गएका साह निकै बेर घर नफर्किपछि
पत्नी अनिताले फोन गरी बजारमा तनावपुर्ण माहौल रहेको सुन्दैछु भन्दै
तुरुन्त घर फर्किन आग्रह गरेको केही समयमै गोली लागेको थियो । र, उपचारको क्रममा धरान लैजादै गर्दा उनको मृत्यु भएको हो ।
दिगम्बरको आफ्नै गुनासो
सप्तरीमा सोमबार भएको घटनामा मारिएका भनिएका दिगम्बर यादवले आफु कसैको पक्ष आन्दोलनमा नउत्रदा पनि गोलीको शिकार बन्नु परेको गुनासो गरेका छन । सप्तरी बारका कोषाध्यक्ष समेत रहेका यादवले अझ मधेसी मोर्चाले आफु पनि मारिएको भनेर विज्ञप्ती जारी गरेकोमा आफु मर्माहत बनेको बताएका हुन् । सप्तरीको राजविराजमा सोमबार भएको झडप लगत्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चार जनाको मृत्यु भएको विज्ञप्ति निकालेको थियो । तर, मोर्चाले मृत भनेका दिगम्बर यादवको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको रहेछ । दिगम्बर अहिले प्रतिष्ठानको सर्जरी वार्डमा उपचाररत छन् । ढाडमा गोली लागेका दिगम्बर राम्ररी बोल्न र घटना’bout बताउन सक्ने अवस्थामा छन् । चिकित्सकका अनुसार उनको ढाडको गोली भने निकालिएको छैन । गोली पछि निकाल्दा पनि असर नगर्ने चिकित्सकको जिकिर छ । सप्तरीको बार एसोसिएसनका कोषाध्यक्ष समेत रहेका यादवले आफु कुनै पक्षबाट आन्दोलनमा नगएको र कार्यक्रम स्थलबाट एक किलोमिटर टाढा रहेकै अवस्थामा प्रहरीले गोली हानेको बताए ।
प्रतिष्ठानमा उपचारका लागि ल्याइएका लक्ष्मण यादव, दिनेश साह, जक्कु साह, अरुणकुमार यादव, पशुपति यादव र विरेन्द्र कुमार यादव तथा प्रहरीहरु रमेश मंग्राती र रञ्जीत सिंह उपचारपछि डिस्चार्ज भएका छन् । जीतेन्द्रकुमार महतो, दिलीप यादव, इन्द्र यादवको पेटमा गोली लागेको थियो । उनीहरुको शल्यक्रिया गरेर गोली निकालिएको छ भने दिगम्बर यादवको भने गोली निकालिएको छैन् । सुरेन्द्रकुमार साह, जीतेन्द्र साह र एमाले कार्यकर्ता धनपती पाठकको उपचार भइरहेको छ । जसमध्ये इन्द्र यादवको अवस्था गम्भीर रहेकाले सर्जरी आईसियुमा राखेर उपचार भईरहेको छ । नेकपा एमालेको मेची महाकाली अभियानको विरोधमा उत्रिएका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुबीच प्रहरीको झडप भएको थियो । शान्तिपूर्ण आन्दोलन गरिरहेको अवस्थामा प्रहरीले लाडीचार्ज गर्दै गोली हानेको मधेसी जनअधिकार फोरम गणतान्त्रिकको विद्यार्थी संगठन गणतान्त्रिक विद्यार्थी फोरमका जिल्ला अध्यक्ष बीरेन्द्रकुमार यादवको जिकिर छ । घाइतेहरुको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले निशुल्क उपचार गराइरहेको छ ।