Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

राप्रपा अध्यक्षमा कमल थापा, अरुको चुनाव हुँदै

NIC Bank, Long AD

फ्रेवुअरी 21, 2017

काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा मंगलवार केन्द्रीय सदस्य पदका लागि निर्वाचन सुरु भएको छ । भृकुटीमण्डपमा सुरु निर्वाचनमा ३ सय ६३ जना चुनावी मैदानमा छन् । केन्द्रिय सदस्य पदको निर्वाचन हिजैका लागि तय भएपनि स्थान र समय अभाबको कारण देखाउँदै आजका लागि सारिएको थियो । मतदानका लागि ५२ वटा विद्युतीय मेसिनको प्रयोग गरिएको छ । १ सय ६१ सदस्यीय कार्यसमितिमा ९० पदका लागि आज निर्वाचन हुन लागेको हो । बाँकी भने अध्यक्षले मनोनयन गर्ने पार्टीको विधानमा उल्लेख छ । यसअघि हिजो भएको पार्टी अध्यक्षको निर्वाचनमा प्रतिष्पर्धी प्रदिपबिक्रम राणालाई फराकिलो मतान्तरले पराजित गर्दै कमल थापा अध्यक्षमा निर्वाचित हुनु भएको छ । केन्द्रीय सदस्यको निर्वाचनको परिणामसँगै गत ६ गतेबाट सुरु राप्रपाको एकता अधिवेशन मंगलवार नै सकिनेछ ।