Digital Newspaper of Nepal
| Thursday, 19 October 2017

पर्यटन प्रवद्र्धन गर्दै वाणिज्य मन्त्री थकाली

जनवरी 19, 2017

 

काठमाडौं । वाणिज्य मन्त्री रोमी गौचन थकाली जर्मनीको स्टुटगार्ट शहरमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय पर्यटन मेला (International Exhibition for Caravaning, Motor and Tourism : CMT) माघ ४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भए ।

G 2

१६ जनवरीदेखि २२ जनवरी २०१७ सम्म गरी नौ दिनसम्म चल्ने उक्त अन्तर्राष्ट्रिय प्रदर्शनीमा विश्वभरका दुई हजारभन्दा बढी Travel and Tourism क्षेत्रका उद्यमी, व्यवसायी संस्थाहरुको सहभागिता रहेको छ । सो प्रदर्शनीमा नेपाल पर्यटन बोर्डको समन्वयनमा नेपालका पर्यटन क्षेत्रका विभिन्न उद्यमी व्यवसायी संघसंस्थाहरुले भाग लिइरहेका छन् ।
मन्त्री थकालीले माघ ४ गते जर्मनीका लागि नेपाली राजदूत रमेश खनालका साथै नेपाल सरकारका अन्य उच्च पदाधिकारीहरुका साथ स्टुटगार्ट पर्यटन मेलामा राखिएको नेपाली पेभेलियनको अवलोकन गरेका थिए ।

G 4
उक्त प्रदर्शनी पश्चात् जर्मनीका पर्यटन क्षेत्रका अग्रणी उद्यमी, व्यवसायी लगायतका पत्रकारहरुसँगको अन्तक्र्रिया कार्यक्रममा मन्त्री थकालीले सम्बोधन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थकालीले शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल प्राकृतिक तथा मानवनिर्मित दुवै सम्पदामा धनी भएको कारण नेपाल विश्वकै पर्यटकहरुका लागि आकर्षक गतन्व्यस्थल रहेको कुरामा प्रकाश पारे ।
नेपालको अनुपम हिमशृंखला, सुन्दर कलाकृति, रमाइला फाँट तथा वन्यजन्तु आरक्ष स्थलहरु एवं मिलनसार प्रकृतिका जनता जर्मनी मात्र नभएर संसारका सबै पर्यटकहरुका लागि विशेष आकर्षणका विषय रहेको कुरा उनले बताए ।

G 3

जर्मनी नेपालको पुरानो र भरपर्दाे मित्र भएको कुरामा जोड दिँदै मन्त्री थकालीले जर्मनी र नेपालबीच आगामी दिनमा पर्यटन, सेवा तथा वस्तु व्यापार र लगानीका क्षेत्रमा थप सहयोग विस्तार गर्नुपर्ने कुरामा जोड दिए । थकालीले गत वर्षको भयावह भूकम्पको कारण नेपालका ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका सम्पदाहरुमा ठूलो क्षति पुुग्न गएकोले यसको पुननिर्माणका लागि जर्मनी लगायतका युरोपेली देशहरुसँग सहयोगको लागि आह्वान गरे ।
साथै, जर्मनी सरकारले भूकम्पबाट क्षति पुगेको नेपालको भक्तपुर लगायतका क्षेत्रका पुरातात्विक सम्पदाको पुनर्निर्माणमा प्रदान गरेको सहयोगका लागि जर्मन सरकारलाई धन्यवाद दिए ।
कार्यक्रममा जर्मनीका लागि नेपाली राजदूत रमेश खनालले नेपाल र जर्मनीबीच पर्यटन, व्यापार र संस्कृति प्रवद्र्धन लगायतका क्षेत्रमा मिलेर सहकार्य गर्ने थुप्रै अवसरहरु रहेको हुँदा त्यसको सदुपयोग गर्न सरकारी तथा निजी क्षेत्रबीच सहकार्य बढाउन आवश्यक छ भने ।
उक्त कार्यक्रममा नेपालमा पदयात्रा तथा पर्वतारोहण पर्यटनको क्षेत्रमा विशिष्ट अनुभव सँगालेका निजी क्षेत्रका दुई वटा संस्थाहरुले आफ्नो नेपाल भ्रमणसम्बन्धी रोचक जानकारी सहभागीहरुमाझ पस्किइएको थियो । मन्त्री थकाली प्रदर्शनीस्थल पुग्नुहुँदा उनलाई मेला आयोजकका पदाधिकारीहरुका साथै स्टुटगार्टका लागि नेपालको अवैतनिक महावाणिज्यदूत : Mrs. Ann-Katrin Bauknecht ले स्वागत गरेका थिए ।