Digital Newspaper of Nepal
| Monday, 26 June 2017

मोदीले नवाज शरिफलाई जन्मदिनको शुभकामना दिए

डिसेम्बर 26, 2016

पुस ११ – भारत र पाकिस्तान बिचको सम्बन्धमा सुधार हुने संकेत देखिएको छ । गएको सेप्टेम्बरमा जम्मु–काश्मिरको विषयलाई लिएर दुई देश बिच उत्पन्न भएको तनाव अहिले उत्कर्षमा पुगेको छ ।
तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफलाई जन्मदिनको शुभकामना दिएपछि सम्बन्ध सुधार हुने संकेत देखिएको हो । धेरैले मोदीले शरिफलाई जन्मदिनको शुभकामना दिनु सम्बन्ध सुधारको पहलको रुपमा विश्लेषण गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले आइतबार ट्वीटरमार्फत शरिफलाई जन्मदिनको शुभकामना दिनुभएको थियो । मोदीले शरिफको सुस्वास्थ्य तथा दीर्घ जीवनको कामना गर्नुभएको छ ।
यसअघि गएको वर्ष मोदी शरिफको जन्मदिनमा अचानक लाहौर जानुभएको थियो । मोदीले दुई देशबिचको सम्बन्ध सुधारका लागि जन्मदिनलाई ‘बर्थडे डिप्लोमेसी’ को रुपमा लिएको देखिएको छ ।