Digital Newspaper of Nepal
| Monday, 21 August 2017

कृषि प्रविधिका विषयमा घरमा नै जानकारी

डिसेम्बर 26, 2016

डोटी । जिल्लामा कृषि प्रविधिका विषयमा जानकारी लिन तथा बाली तथा पशुमा देखिएका समस्या’bout घरबाटै जानकारी लिन सकिने भएको छ । विश्व बैंकको सहयोगमा कृषि विकास मन्त्रालयले यो परियोजना लागू गरेपछि डोटीमा पनि यस्तो प्रविधिको विकास भएको हो ।
सरकारी जलवायु प्रकोप समुत्थान परियोजनामार्फत कृषकले मौसम र जलवायुसम्बन्धी जानकारी पनि पाउने भएपछि उत्पादनमा समेत वृद्धि हुने भएको छ । आफूले आधुनिक कृषि व्यवस्थापन सूचना प्रविधिमार्फत किसानलाई सहज सूचना प्रदान गर्ने व्यवस्था मिलाइरहेको परियोजना निर्देशक विष्णुप्रसाद घिमिरेले बताए ।
उनले भने “यसमा किसानले घरमै बसेर मोबाइलमार्फत जल तथा मौसमको पूर्वानुमान गर्न, आधुनिक कृषि प्रविधिका विषयमा जानकारी लिन र बाली तथा पशुमा देखिएका समस्या समाधानका विषयमा जानकारी पाउनेछन् ।
विश्व बैंकको तीन करोड १३ लाख अमेरिकी डलरमा सञ्चालित परियोजना देशका २५ जिल्लामा लागू भएको छ ।
रासस