Digital Newspaper of Nepal
| Thursday, 19 October 2017

रुसी सैन्य विमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त

डिसेम्बर 25, 2016

१० पुस,  । उडान भरेको २० मिनेटमा नै वेपत्ता भएको रुसी सैन्य विमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

टीयू(१५४ विमान सोचीबाट डेढ किलोमिटरको दुरीमा रहेको ब्ल्याक सीको करिब ५० देखि ७० मिटर गहिराईमा फेला परेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सो विमानमा सैनिक, सैन्य म्युजिक ब्याण्ड, पत्रकारसहित कुल ९२ जना थिए ।

यो विमान सीरियाको लटाकिया प्रान्त जाादै थियो । रुसको राजधानी मस्कोबाट उडेको विमान सोचीमा इन्धन भरेर पुनः उडेको थियो ।

रुसी सेनाका प्रवक्ताका अनुसार विमानमा सवार व्यक्तिहरु सीरियामा तैनाथ रुसी सेनाका जवानहरुको नयाा वर्षको कार्यक्रममा सहभागी हुन जाादै थिए । रुसले सीरियाका राष्ट्रपति बशर अल असदको समर्थनमा विद्रोहीहरुविरुद्ध सैन्य कारबाही गर्दै आएको छ ।