Digital Newspaper of Nepal
| Thursday, 19 October 2017

नागाल्याण्डको पोष्टमा थ्रीस्टारको ६ गोल

सेप्टेम्बर 20, 2016

४ असोज, काठमाडौं । नेपालको थ्रीस्टार क्लबले भारतको सिलोङमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
लिग चरणको आफ्नो पहिलो खेलमा थ्रीस्टारले नागाल्याण्डको बारक फुटबल क्लबलाई ६–१ गोल अन्तरले हराउँदै प्रतियोगितामा विजयी सुरूआत गरेको हो।
सिलोङको नेहरू स्टेडियममा सोमबार राति सम्पन्न खेलमा थ्रीस्टारको जितमा अफ्रिकन खेलाडी कायोडी मार्टिनले दुई तथा निराजन खड्का, बुद्ध चेम्जोङ, शुनिल वल र कप्तान बिक्रम लामाले एक(एक गोल गरेका थिए।
थ्रीस्टारले आगामी शुक्रबार भारतीय आई लिग क्लब सिलोङ लाजोङसंग प्रतिस्पर्धा गर्नेछ ।