Digital Newspaper of Nepal
| Thursday, 19 October 2017

आलु र बन्दाको उत्पादन पकेट क्षेत्र घोषणा

सेप्टेम्बर 20, 2016

४ असोज, तेह्रथुम । तेह्रथुमको बसन्तपुर र सुङनाममा किसानलाई व्यवसायिक खेतीतर्फ प्रोत्साहन गर्न आधुनिक कृषि प्रविधिको प्रयोगमा अर्गा्निक आलु र बन्दाको उत्पादन पकेट क्षेत्र बनाउन लागिएको हो । गरीबी निवारण कोषको सहयोग तथा दलित सचेतना समाज, नेपालको साझेदारीमा ताजा तरकारी पकेट क्षेत्र विकास परियोजना नै सञ्चालन गरी तरकारी उत्पादन गर्न लागिएको कोषका जिल्ला प्रबन्धक नरेन्द्र कटुवालले बताए ।
परियोजना अन्तर्गत बसन्तपुरको ७ र सुङनामका ४ गरी कुल ११ वटा सामुदायिक संस्थामा आवद्ध दुई सय घर किसानले ताजा अर्गा्निक बन्दा र आलु उत्पादन गर्ने छन् । यो क्षेत्रलाई ताजा तरकारीको पकेट क्षेत्रको रुपमा विकास गरी निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक बनाउन प्रोत्साहन गर्दै उनीहरुको आयस्तर बढाउने लक्ष्य छ ।
रासस