Digital Newspaper of Nepal
| Monday, 26 June 2017

असोज ३ के कालै दिन हो त ?

सेप्टेम्बर 19, 2016

काठमाडौं । असोज ३ अर्थात नेपालमा संविधानसभाबाट संविधान जारी भएको दिन ।२०७२ साल असोज ३ गते संविधान जारी हुनुपूर्व विदेश सचिव एस जयशंकरलाई भारत सरकारले विशेषदूतका रुपमा नेपाल पठाएको थियो र त्यसबेला देखि नै नेपालको संविधानलाई स्वागत नगरेको भारतले यही कारण देखाएर नाकाबन्दी लगाएको आरोप नेपाल पक्षको रहदै आएको छ । नाकाबन्दी खुले पनि सम्बन्ध सुमधुर बनाउन नसकेको आरोप तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई लाग्यो । ओली सरकार ढल्नुुको प्रत्यक्ष वा परोक्ष कारण पनि भारत नै हो भन्ने बुझाई आममानिसमा छ र ओलीले पनि प्रत्यक्षपरोक्ष भारतकै कारण सरकार ढलेको भन्दै लगातार असन्तुष्टी जनाइरहेका छन् । संविधान संसोधन गर्न तयार रहेको सार्वजनिक प्रतिवद्धता जनाउँदै आएका प्रधानमन्त्री दाहालको भ्रमणमा पनि संविधानलाई स्वागत गर्न नसक्नुको पछाडि उसको निहित स्वार्थ अझै बाँकी छ भन्ने कुरालाई नै इंगित गर्ने विश्लेषकहरुको धारणा छ ।

constituation
यद्यपि संसद् सचिवालयले संविधान दिवसको अवसर पारेर आइतबार संसद् भवन नयाँ बानेश्वरमा विशेष कार्यक्रम गरेको छ । संसद सचिवालयले कार्यक्रमका लागि भनेर व्यवस्थापिका संसद भवनलाई सजाएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधीश सुशीला कार्कीको लगायतका उच्च पदस्त व्यक्तित्वहरुको उपस्थिती थियो । उपराष्ट्रपति नन्दबहादुर पुन विदेश भ्रमणमा रहेकोले उपस्थित सकेनन् । कार्यक्रमकामा सचिवालयले संवैधानिक निकाय तथा कुटनीतिक नियोगलाईका २ हजार ५ सय भन्दा बढीलाई निमन्त्रणा गरिएको थियो । यद्यपी मधेसी मोर्चामा आवद्ध दलका नेताहरु भने आइतवारको कार्यक्रममा सहभागी भएनन् । संविधान बनेको एक बर्ष अगाडिकै दिनमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख ओनशरी घर्तीले संविधान जारी गर्दा जस्तै संविधान कार्यान्वयनमा पनि दलहरु एकतावद्ध हुनुपर्ने बताइन् । तर, दलै पच्छिे संविधान कार्यान्वयनमा भने फरक फरक धारण रहदै आएको छ । केहीले असन्तुष्टहरुको आवाजलाई पनि सम्बोधन गर्दै संविधानलाई सबैलाई स्वीकार्यता हुने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् ।
यद्यपी मधेशी मोर्चाले भने संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने जनाएको छ । संविधान संशोधन नभएसम्म मोर्चाले विरोध गर्ने बताउँदै मोर्चामा संग्लन सद्भावाना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने सरकार र मधेशी मोर्चावीच भएको तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्छ ।
आगामी ०७४ माघ ७ भित्र तीन वटै निकायको चुनाव नगर्ने षडयन्त्र भैरहेको छ, यसले मुलुकलाई संवैधानिक संकटतर्फ धकेल्ने खोजिएको केहीको जिकिर छ । संविधान जारी भएको बर्ष दिनमा पनि अझै दलहरुले एकमतले संविधान कार्यान्वयन गछौं भनेर भन्न सकेका छैनन् भने छिमेकी मुलुक भारतले अझै नेपालको संविधानलाई स्वीकारको जस्तो देखिएको छैन । अमेरिका, चीन लगायतका मुलुकहरुले नेपालको संविधानलाई स्वीकार गरेको भएपनि भारतले स्वीकार नगर्दा अझै संविधान कार्यान्वयनको बिषय अलमलमा परेको छ । त्यसैले दलहरुबीच रहेको विवाद तत्काल अन्त्य गरि संविधान कार्यान्वयनका लागि सबै दल एकतावद्ध भएर अगाडि बढ्न जरुरी छ ।