Digital Newspaper of Nepal
| Thursday, 19 October 2017

मानविय कारणले जडिबुटी यार्सागुम्बा उत्पादनमा कमी

सेप्टेम्बर 7, 2016

भदौ २१, बझाङ । बझाङमा बहुमुल्य जडिबुटी यार्सागुम्बा उत्पादनमा कमी आएको छ । उत्पादन घट्न थालेपछि यार्सा टिपेरै आफ्नो जीवनशैली बदलेकाहरु पुरानै अवस्थामा फर्किन थालेका छन् ।
झण्डै १० वर्ष अघिदेखि यार्सा संकलन सुरु गरिएकोमा यो वर्ष सबैभन्दा कम २ सय ३७ किलो मात्र उत्पादन भएको जिल्ला वन कार्यालय बझाङले जनाएको छ । यसअघि २०७० सालमा ३ सय ७२ केजी संकलन भएको यार्सा पोहोर ३ सय ३८ किलोमा झरेको थियो ।
जथाभावी संकलन गर्नु, जंगलमा आगो लगाउनु, प्रदुषण बढ्नु लगायतका कारणले यार्साको उत्पादन घटेको हुन सक्ने जिल्ला वन कार्यालयका सहायक वन अधिकृत कर्णबहादुर खातीले बताए ।