Digital Newspaper of Nepal
| Thursday, 19 October 2017

अर्जे्न्टिना बराबरीमा, ब्राजिलको जित

सेप्टेम्बर 7, 2016

FBL-WC2014-QUALIFIERS-ARG-VEN२२ भदौ, काठमाडौं । विश्वकप छनौट फुटबलमा लिओनल मेस्सी विनाको अर्जे्न्टिनाले भेनेजुएलासँग बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा अर्जे्न्टिना र भेनेजुएलाले २(२ गोलको बराबरी खेलेको हो । मेरिडामा भएको खेलमा अर्जे्न्टिनी कप्तान मेस्सी चोटका कारण टोलीमा अनुपस्थित थिए ।
खेलमा भेनेजुएलाले दुई गोलको अग्रता लिएर पनि जोगाउन सकेन । ३५ औं मिनेटमा गोल गरेको उसले ५३ औं मिनेटमा दोस्रो गोल गरेको थियो । तर, ५८ औं मिनेटमा पार्टोले अर्जे्न्टिनाका लागि गोल गरे । ८३ औं मिनेटमा आटामेन्डीले बराबरी गोल गर्दै अर्जे्न्टिनालाई हारबाट जोगाए ।
अर्को खेलमा ब्राजिलले कोलम्बियालाई हराएको छ । नेयमारको गोलको मदतमा ब्राजिलले कोलम्बियालाई २(१ ले हराएको हो । खेलमा ब्राजिलले दोस्रो मिनेटमा नै मिरान्डाको गोलबाट अग्रता लिएको थियो । तर, ३६ औं मिनेटमा घरेलु टोलीका मार्किन्योसले आत्मघाती गोल गरे र खेल १(१ को बराबरीमा पुग्यो । खेलको ७४ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई जित दिलाए ।