Digital Newspaper of Nepal
| Wednesday, 20 June 2018
Subscribe Google+
Smart 4G

पोल्याण्डलाई हराउँदै पोर्चुगल युरोकपको सेमिफाइनलमा

NIC Bank, Long AD

July 1, 2016

EuroCupएजेन्सी । पेनाल्टी सुटआउटमा पोल्याण्डलाई हराउँदै पोर्चुगल युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।
गएराति भएको खेलमा पोर्चुगलले पोल्याण्डलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गरेको हो । निर्धा्रित ९० मिनेटमा समयमा दुवै टोली १–१ गोलको बराबरीमा रोकिएपछि खेल अतिरित्त समयमा धकेलिएको थियो। तर, ३० मिनेटको अतिरित्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
खेलको दोस्रो मिनेटमै पोल्याण्डका रोबर्ट लेवानडोस्कीले आकर्षक गोल गर्दै सुरुवाती अग्रता दिलाए। तर त्यो अग्रता पोल्याण्डले टिकाइराख्न सकेन ।
खेलको ३३ औं मिनेटमा पोर्चुगलका सबैभन्दा कान्छा खेलाडी रेनाटो सान्चेसले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। पोर्चुगलले अब फाइनल प्रवेशका लागि बेल्जियम र वेल्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।