Digital Newspaper of Nepal
| Monday, 26 June 2017

साउनदेखि विजुलीको भाउ बढ्ने

जुलाई 1, 2016

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १ गते देखि लागू हुनेगरी विद्युत महसुल वृद्धि गरेको छ । प्राधिकरणले गरेको सिफारिस अनुसार महसुल निर्धारण आयोगले महसुल वृद्धि गरेको हो ।
विद्युत प्राधिकरणले साउनदेखि लागू हुनेगरी सात तहमा वर्गीकरण गरेर महसुल वृद्धि गरेको हो। यसअघि प्राधिकरणले महसुल वृद्धिको लागि महसुल निर्धारण आयोगमा प्रस्ताव गरेको थियो ।
आयोलको बिहीबार बसेको बैठकले प्राधिकरणको महसुल वृद्धि गर्ने प्रस्तावलाई स्वीकृत गरेको आयोगले जनाएको छ । अब उपभोक्ताले नयाँ महसुल दर लागू भएसँगै न्युनतम २० युनिटसम्म विद्युत उपभोग गर्दा न्यूनतम ३० रुपैयाँ प्लस प्रतियुनिट ३ रूपैयाँका दरले तिर्नुपर्ने भएको छ ।
त्यस्तै २१ युनिट देखि ३० युनिटसम्म न्यूनतम ५० रुपैयाँ र अर्को प्रतियुनिट ७ रूपैयाँ तिर्नुपर्ने हुन्छ।
त्यस्तै ३१ देखि ५० युनिटसम्म न्यूनतम ७५ रुपैयाँ प्लस प्रतियुनिट ८ रुपैयाँ ५० पैसा लाग्ने आयोगले जनाएको छ । त्यस्तै ५१ युनिट देखि १ सय ५० युनिटसम्म न्युनतम १ सय प्लस प्रतियुनिट १० रुपैँया, १ सय ५१ देखि २ सय ५० युनिटसम्म न्युनतम १ सय २५ प्लस प्रतियुनिट ११ रुपैयाँ, २ सय ५१ देखि ४ सय युनिटसम्म १ सय ५० प्लस प्रतियुनिट १२ रुपैयाँ र सो भन्दा माथी खपत गर्नेले न्यूनतम १ सय ७५ रुपैयाँ प्लस प्रतियुनिट १६ रुपैयाँ तिर्न पर्ने गरी महसुल वृद्धि भएको आयोगले जनाएको छ ।