Digital Newspaper of Nepal
| Wednesday, 26 September 2018
Subscribe Google+
Smart 4G

तातोपानी नाका सञ्चालनमा पहल हुन्छ – प्रम

NIC Bank, Long AD

March 15, 2016

12834458_1321480537869445_1407834820_n२ चैत, काठमाडौं । तातोपानी नाका सञ्चालनका लागि आफूले सक्दो पहल गर्ने प्रधानमन्त्री केपी ओलीले बताउनुभएको छ । प्रधानमन्त्रीको चीन भ्रमण पूर्व एमाले पोलिटब्यूरो सदस्य अरुण नेपालको अगुवाईमा पुगेका सिन्धुपाल्चोकका राजनीतिकर्मी,ब्यवसायीकोहरुको भेटमा प्रधानमन्त्रीले यस्तो अभिब्यक्ति दिएका हुन् । सो अवसरमा नेपाल ट्रक कन्टेनर ब्यवसायी संघका अध्यक्ष राजकुमार पौडेलले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएका थिए । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ र राष्ट्रिय बाणिज्य संघ सिन्धुपाल्चोकका प्रतिनिधि पनि सहभागी थिए । संयुक्त रुपमा बुझार्ईएको नौ बुदे ध्यानाकर्षणपत्रमा महाभुकम्पपछि चीनको खासा क्षेत्रको गोदाममा रहेको पाँच सय ट्रक भन्दा बढी सामान(५ अरव रुपैयाँ वरावरको) नेपाल ल्याउनका लागि बिशेष पहल गर्न अनुरोध गरिएको छ । तातोपानी नाका चीनियाँ पक्षवाट पूर्ण रुपमा बन्द गरिएपछि यस क्षेत्रको व्यापारिक कारोवार पूर्ण रुपमा बन्द भएको छ । कारोवार नभएपछि यस क्षेत्रमा बिभिन्न पेशा व्यवसाय गर्ने झण्डै पाँचहजार मानिसहरु पूर्ण रुपमा वेरोजगार भएकाछन् । उनीहरुको जिविकोपार्जनलाई यो नाका पूर्ण रुपमा सञ्चालन ल्याउनु आवश्यक छ । त्यसको लागि पहल गरिनु पर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ । तातोपानी नाका वाट चीन तर्फ जानका लागि जुनसुकै जिल्लाका मानिसहरुलाई पनि सहज आवतजावतको व्यवस्था थियो । तर,हाल त्यसको विकल्पमा सञ्चालन भएको रसुवा नाकामा रसुवा जिल्लाका मात्र मानिसलाई सहज आवतजावतको ब्यवस्था गरिएका कारण चालकको समस्याले मनग्य मालवाहक गाडी आवतजावतमा समस्या परेको कारण ब्यवसायीहरु मारमा परेकाछन् । त्यसको सहजताका लागि पनि तातोपानी नाका सञ्चालनमा पहल गरिनु पर्ने माग गरिएको छ । तातोपानी नाकालाई सञ्चालन गर्दै यस अन्तर्गत पर्ने अरनिको राजमार्गकोस्तर बृद्धिका लागि आवश्यक पहल गरिनु बताईएको छ । तातोपानी नाका व्यवसायिक रुपमा मात्र नभई पर्यटकीय रुपमा पनि चर्चित रहेको छ । यो मार्ग हुदै बर्षेनी लाखौ राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरु चीनको तिब्बत क्षेत्रमा पर्ने मानसरोवर आवतजावत गर्ने कारण पनि यो नाकालाई ब्यवस्थित रुपमा सञ्चालन गरिनु पर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ । सिन्धुपाल्चोकको बिशेष गरी क्षेत्र नंम्वर एकका वासिन्दाहरु यही नाका अन्तर्गत ब्यपार ब्यवसाय गरेर जीवीकोपार्जन गर्ने कारण पनि उनीहरुको जीवीकोपार्जनका लागि यो नाका सञ्चालन गरिनु पर्ने माग गरिएको छ । चीनको तिव्वतदेखि नेपालको राजधानी काठमाडौंसम्म पुग्ने व्यवसायिक मार्ग मध्ये यो नाका सहज र नजिक भएका कारण पनि यसलाई सञ्चालनका लागि पहल गरिनु पर्ने प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराईएको छ । धार्मिक,पर्यटकीय एवमे ऐतिहासिक महत्व बोकेको तातोपानी नाका सञ्चालन लागि प्रधानमन्त्रीको यो भ्रमण फलदायी हुने नेपाल ट्रक कन्टेनर ब्यवसायी संघका महासचिव कृष्ण क्षत्रीले बताए ।