Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

युवा किसानलाई ६ प्रतिशत ब्याजदरमै बैंकबाट ऋण उपलब्ध गराउने

NIC Bank, Long AD

मार्च 1, 2016

१८ माघ, काठमाडौं । युवा किसानलाई ६ प्रतिशत ब्याजदरमै बैंकबाट ऋण उपलब्ध गराउने सरकारको नीतिप्रति आकर्षण बढ्न थालेको छ । हालसम्म साढे १३ सय किसानले सहुलियत दरमा १ अर्ब रुपैयाा ऋण लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यसका लागि राष्ट्र बैंकले ९७ लाख रुपैयाा ब्याज अनुदान दिएको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी दिए ।
सुरुवाती दिनहरूमा सरकारको यो कार्यक्रममा आकर्षण नदेखिए पनि पछिल्लो समय किसान आकषिर्त भएको उनको भनाइ छ । युवालाई कृषि क्षेत्रमा आकषिर्त र प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियत दरमा कर्जा दिने व्यवस्था मिलाएको थियो ।
तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले ०७१र७२ को बजेट भाषणमार्फत युवा किसानलाई ६ प्रतिशत ब्याजदरमै बैंकबाट ऋण उपलब्ध गराउने घोषणा गरेका थिए । कुल १० प्रतिशत ब्याजदर तोकेर सरकारले ४ प्रतिशत अनुदान दिने व्यवस्था मिलाइएको थियो । बजेट आएको चार महिनापछि ‘युवालाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्य्विधि( ०७१’ लागू गरी ऋण लगानी गर्न सुरु गरिएको थियो ।
कार्य्विधिअनुसार महानगरपालिका र उप(महानगरपालिका बाहिरका २१ देखि ४५ वर्षका किसानलाई मात्रै बैंकबाट ब्याज अनुदान उपलब्ध गराइने छ । ब्याज अनुदानमा पाउन युवाले तरकारी, बिउविजन, पुष्प व्यवसाय, पशुपक्षी पालन, फलफूल, दुग्ध व्यवसाय, मत्स्यपालन, च्याउ उत्पादन, पशु वधशाला एवं मासुजन्य उत्पादनलगायत कृषि व्यवसाय गर्नुपर्ने हुन्छ । साथै सरकारले समय(समय क्षेत्रहरू थप गरी ब्याज अनुदान दिने कार्य्विधिमा उल्लेख छ ।
किसानले आफ्नोनजिकै रहेको बैंकको शाखामा गएर सहुलियत दरको ऋण लिन आवेदन दिनुपर्छ । प्राप्त निवेदनउपर कर्जा विश्लेषण तथा सम्भाव्यता अध्ययन गरी ऋणालीले ऋण तिर्न सक्छ भन्ने विश्वास लागेमा मात्रै बैंकले ऋण दिनेछ । यसरी बैंकबाट एउटा किसानले १ करोड रुपैयाासम्म सहुलियत दरको ऋण लिन सक्नेछन्, उक्त ऋण पााच वर्षमा तिरिसक्नुपर्ने छ ।
कार्य्विधिअनुसार जुन उद्देश्यका लागि कर्जा लिइएको हो, त्यही उद्देश्यका लागि मात्र कर्जा लगानी गर्नुपर्ने हुन्छ । अन्य क्षेत्रमा लगानी गरे ब्याज अनुदान नदिइने र सावाा(ब्याजसहित सम्पूर्ण रकम तुरुन्त फिर्ता गर्ने कार्य्विधिमा उल्लेख छ ।