Digital Newspaper of Nepal
| Monday, 21 August 2017

प्रेमले भरिएको ‘जुकरबर्ग क्याफे’ सार्वजनिक

जुन 22, 2015

cafeकाठमाडौं– पत्रकार अश्विनी कोइरालाद्वारा लिखित कथासंग्रह ‘जुकरबर्ग क्याफे’ सार्वजनिक भएको छ । पुस्तकको बिहीबार अभिनेत्री करिश्मा मानन्धर र पत्रकार सुवास ढकालले शिल्पी थिएटरमा आयोजित कार्यक्रममा लोकार्पण गरे । पुस्तकमाथि साहित्यकारद्वय बुद्धिसागर र सुबिन भट्टराईले टिप्पणी गरेका थिए ।
अभिनेत्री करिश्माले आफू अश्विनीका प्रेमले भरिएको पुस्तक रोचक छ भन्ने स्पष्ट हुन्छ । उहाँले प्रेमलाई लेखनको विषय बनाउनु भएको रहेछ जुन सबैको चासोको विषय हो,’ ।
अर्का लेखक सुबिन भट्टराईले भने ‘नेपाली भाषामा सरल भाषामा लेखिएका किताबको कमि छ । यो पुस्तकले त्यो कमि पूरा गर्छ। संग्रहका कथा पढ्दा प्रेममा यत्ति धेरै विविधता पनि हुन्छ र भन्ने लाग्छ,’ ।
त्यसैगरी शुभकामना दिँदै पत्रकार सुवासले पुस्तकमा उठाइएको विषय र पात्रसँग आफू पनि कहीँ न कहीँ परिचित रहेको बताउँदै पुस्तकले पाठकको मन जित्ने बताए। साहित्यकार सुबिनले भने पुस्तकमा लेखकको कथा भन्ने शैली रोचक रहेको बताउँदै पाठक बढाउने विश्वास व्यक्त गरे।
लेखक बुद्धिसागरले अश्विनीको कृति सरल भाषामा लेखिएको तर प्रेमका बहुआयामिक पक्ष समेट्न सफल भएको टिप्पणी गरे। उनले भने, ‘कथामा मिठास छ। विविधता छ र अन्त्य पढुँपढुँ गर्दैगर्दा सकिन्छ। अधिकांश कथामा प्रेम वैराग्य छ तर यही वैराग्यलाई चरित्रले जसरी अभिव्यक्त गरेका छन् त्यसमा जीवन दर्शन भेट्न सकिन्छ ।