Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

कोपा अमेरिकामा अर्जेन्टिनाको पहिलो जित

NIC Bank, Long AD

जुन 17, 2015

Copa1२ असार, काठमाडौं । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पहिलो जित हात पारेको छ ।
बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिरप्रतिद्वन्द्वी उरुग्वेलाई १-० ले पराजित गरेको हो । यसअघि पहिलो खेलमा पाराग्वेले अर्जेन्टिनालाई २-२ गोलको बराबरीमा रोकेको थियो ।
ला सेरेनामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । उनले जाबालेटाको पासमा गोल गरे ।
खेलमा थप गोल हुन सकेन र अर्जेन्टिना १-० ले विजयी भयो । जितसँगै अर्जेन्टिना ४ अंकका साथ समूह बीको शीर्ष स्थानमा उक्लिएको छ ।
समान अंक जोडेको पाराग्वे दोस्रो र ३ अंक जोडेको उरुग्वे तेस्रो स्थानमा छ भने भने दुबै खेल गुमाएको जमैका पुछारमा छ ।