Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

बुधवार बिहान देखि नै भूकम्पका ६ धक्का महशूस

NIC Bank, Long AD

जुन 17, 2015

EQ२ असार काठमाडौं । बुधवार बिहान ५ बजेर ५८ मिनेटमा काठमाडौं केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो । केहि समय पछि सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आज तेस्रो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिले ८ बजे ५.१ रेक्टर स्केलको धक्का महशूस भएको हो । सिन्धुपाल्चोक र तिब्बतलाई सीमा बनाएर भूकम्प गएको हो ।
यसअघि आजै बिहान ६बजेर १४ मिनेटमा ५.२ रेक्टर स्केल र ६ बजेर २६ मिनेटमा ४ रेक्टर स्केलको भूकम्पको धक्का गएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित काभ्रे, दोलखा, रसुवा, धादिङ र नुवाकोट आसपासमा महशूस भएको छ ।