Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

कोपा अमेरिका फुटबल : बोलिभियाको जित, चिली बराबरीमा रोकियो

NIC Bank, Long AD

जुन 16, 2015

Kopa footbalअसार १ – कोपा अमेरिका कप फुटबल प्रतियोगिता अन्तर्गत भएको पछिल्ला खेलमा बोलिभिया विजयी भएको छ । आयोजक चिली भने मेक्सिकोसँग बराबरीमा रोकिएको छ । प्रतियोगिता अन्तर्गत समुह ए को खेलमा बोलिभियाले इक्वेडरलाई ३–२ गोल अन्तरले पराजित गर्यो ।
पाँचौ मिनेटमा नै रानोल्ड राल्डेसको गोल मार्फत अग्रता लिएको बोलिभियाले १८ औं मिनेटमा अग्रता दोब्बर पार्यो । बोलिभियाका लागि दोश्रो गोल मार्टिन डालेसले गरेका थिए । पहिलो हाफको ४३ औं मिनेटमा मार्सेलो मोलेनोले पेनाल्टी मार्फत गोल गरेपछि बोलिभियाले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । तर दोश्रो हाफको तेश्रो मिनेटमा नै इनर भ्यालेन्सियाले गोल र्ग इक्वेडरलाई खेलमा फर्काउने संकेत गरे । दोश्रो हाफको ३६ औं मिनेटमा इक्वेडरका मिलर बोलानोसले गोल गरेपछि खेल निकै रोमाञ्चक भएको थियो । तर त्यसपछि कुनै टोलीबाट गोल हुन सकेन र खेल बोलिभियाले ३–२ ले जित्यो । जितसँगै बोलिभिया चिलीसँग गोल अन्तरका आधारमा पछि पर्दै समुह ए को दोश्रो स्थानमा रहेको छ । इक्वेडर भने बिना अंक समुह ए को पुछारमा रहेको छ ।
यस्तै मंगलबार विहान भएको खेलमा आयोजक चिलीले मेक्सिकोसँग ३–३ गोलको बाराबरी खेलेको छ । निकै रोमाञ्चक भएको खेलमा अग्रता भने खेल सुरु भएको २१ औं मिनेटमा मार्टिस भुसोको गोलमार्फत मेक्सिकोले लिएको थियो । तर त्यसको एक मिनेट बित्न नपाउँदै चिलीले खेल बराबरी गर्यो । २२ औं मिनेटमा चिलीका भिडालले गोल गर्दै खेल बराबरीमा ल्याए । २९ औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोलाई पुन अग्रता दिलाए । ४२ औं मिनेटमा चिलीका भारगासले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुग्यो । तर दोश्रो हाफको १० मिनेटमा पाएको पेनाल्टीमा भिडालले गोल गर्दै चिलीलाई ३–२ को अग्रता दिलाए । दोश्रो हाफको २१ औं मिनेटमा मार्टिस भुसो व्यक्तिगत दोश्रो तथा टोलीका लागि तेश्रो गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै टोलीबाट गोल हुन सकेन र खेल ३–३ गोलको बराबरीमा सकियो । बराबरीसँगै चिली २ खेलमा ४ अंकका साथ समुह ए का शीर्ष स्थानमा रहेको छ २ अंक जोडेको मेक्सिको भने तेश्रो स्थानमा रहेको छ ।