Digital Newspaper of Nepal
| Thursday, 19 October 2017

राष्ट्रिय नाट्य महोत्सव प्रदर्शन सुरु

अप्रील 20, 2015

natak७ वैशाख, काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय नाट्य महोत्सव सुरु भएको छ । आइतबारदेखि सुरु भएको तीन दिने नाट्य महोत्सवमा विभिन्न जिल्लाबाट चयन भएर आएका सात नाटक प्रदर्शन हुँदैछन् । नेपाल संगीत तथा नाट्य प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा मोरङ, जनकपुर, चितवन लगायतका स्थानबाट प्रतिनिधित्व गरेका नाटक प्रदर्शन हुँदैछन् । देशको विभिन्न भागमा रहेका नाट्य समूहलाई राष्ट्रिय स्तरको मञ्चबाट प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय नाट्य महोत्सवको आयोजना गरिएको प्रतिष्ठानका कुलपति सरुभक्तले बताए । उपप्रधान तथा गृह मन्त्री बामदेव गौतमले उद्घाटन गरेको महोत्सवमा पहिलो दिन दुई नाटक मञ्चन भएका छन् । मञ्चन भएका दुई नाटक मध्ये नारायणी कला मन्दिर चितवनले मञ्चन गरेको सकस बृद्ध आमाबाबुलाई बृद्धाश्रम छोड्ने प्रवृत्ति प्रति व्यंग्य गरिएको छ । त्यस्तै पहिलो दिन नै मञ्चन गरिएको झोराहाट नाट्य समूहको धुपेनको धुइयाँमा ग्रामिण क्षेत्रको गरिबी र कुसंस्कारमा आधारित छ । मंगलबारसम्म जारी रहने महोत्सवमा सुम्निमा, पाथिभरा देवीको उत्पत्ति, मान्छे बन्ने रहर लगायतका नाटक समेत रहेका छन् । महोत्सवमा प्रदर्शन गरिने फरक फरक स्थान र पृष्ठभूमिका नाटकले त्यहाँको जनजिवन, संस्कृति र रहनसहनको जानकारी दिने आयोजकको भनाई छ ।