Digital Newspaper of Nepal
| Thursday, 16 August 2018
Subscribe Google+
Smart 4G

तरकारी व्यवसायी आन्दोलित

NIC Bank, Long AD

March 18, 2015

४ चैत्र, इटहरी ।  इटहरी उपमाहनगरपालिकाले निजी स्थानमा सञ्चालन गरेको तरकारी बजार भत्काएको बिरोधमा इटहरीमा तरकारी व्यावसायीहरु आन्दोलीत बनेका छन । उपमाहनगरपालिकाले मंगलबार इटहरी १ स्थित आइतबारेको तरकारी बजारको करिब ३० भन्दा बढी पसल डोजर प्रयोग गरि भत्काएपछि व्यवसायीहरु आन्दोलित भएको प्राप्त समाचारमा जनाइएको छ ।
ईटहरी उपमाहनगरपालिकाले निजी स्थानमा सञ्चालन गरेको तरकारी बजारलाई सार्वजनिक स्थान भनेर भत्काएको बिरोधमा बुधबार ब्यवसायीहरुले उपमाहनगरपालिका बिरुद्ध बजार परिक्रमा गरका थिए । उपमाहनगरपालिकाले निजी व्यवसायीको समेत प्रमाण पत्र प्रदान गरेको अबस्थामा एक्कासी सुचना समेत नदिई भौतिक संरचना तथा सामानहरु नष्ट गरिदिएको व्यवसायीहरुले गुनासो गरेका छन् व्यवसायीहरुले उपमाहनगरपालिकाले व्यवसाय गर्न नदिएको बिरोधमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।