Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

सत्तापक्षको पनि गल्ती : नेपाल

NIC Bank, Long AD

जनवरी 26, 2015

madhav-nepal-250१२ माघ काठमाडौं । एमाले नेता माधवकुमार नेपालले सत्तापक्ष दलहरुले संयुक्तरुपमा संवाद समितिमा बुझाएको नौ बुँदे प्रस्ताव गल्ती भएको टिप्पणी गरेका छन् । उनले सत्तापक्षको प्रस्तावले नै विपक्षी बिच्किएको दाबी गरे । प्रेस चौतारीले आयोजना गरेको अन्तरक्रियामा नेता नेपालले अब सहमतिबाट पछि हट्न नमिल्ने भन्दै सहमतिमै संबिधान जारी हुनुपर्ने धारणा राखे ।
‘सत्तापक्षले संवाद समितिमा बुझाएको नौ बुँदे गल्ती थियो । हामीले बुझाउन हतार गर्‍यौं’, नेता नेपालले भने,‘त्यसपछि विपक्षी बिच्किए ।’ नेता नेपालले एमाओवादी र मधेस केन्द्रित दलले जसरी पनि माघ ८ टार्न खोजेको भन्दै त्यसमा उनीहरु सफल भएको टिप्पणी गरे । ‘सहमति भइसकेको कुरामा पनि पछि हटेर उनीहरुले माघ ८ टारे’, नेता नेपालले भने, ‘यसमा एमाओवादी र मधेसी दल सफल भए ।’
उनले माघ ८ गते विजयकुमार गच्छादारले गरेको सहमतिको प्रस्ताव राम्रो भएको टिप्पणी गरे । ‘मैले पनि केही अघि यस्तै प्रस्ताव गरेको थिए तर विजयजीको प्रस्ताव मेरो भन्दा पनि राम्रो थियो’, उनले भने,‘तर माघ ८ टार्न खोज्ने दलहरुको चाहनाका कारण उक्त प्रस्ताव मान्य भएन ।’
उनले अबको सहमतिमा गच्छदारको प्रस्ताव बटमलाइन हुनसक्ने धारणा व्यक्त गरे ।