Digital Newspaper of Nepal
| Thursday, 21 June 2018
Subscribe Google+
Smart 4G

भारतले पानी नदिदा बारा र पर्साका किसान मर्कामा

NIC Bank, Long AD

January 6, 2015

पर्सा, २२ पुस । गण्डक नहरमा पानी नभएका कारण बारा–पर्साका किसान मर्कामा परेका छन् । नहरमा पानी नभएका कारण गहुँ बालीमा सिँचाइ गर्न नपाएको किसानले गुनासो गरेका छन् । गहुँबालीमा अहिले सिँचाइ गर्ने बेला भइसकेको भए पनि गण्डक नहरमा भारतीय पक्षले अहिलेसम्म पनि पानी नछोडेका कारण किसान मारमा परेका हुन् ।
सिंचाइ गर्न ढिलो भए उत्पादनमा पनि असर पर्ने भएकाले किसान चिन्तित भएको जिल्ला कृषि विकास कार्यालय पर्साका प्राविधिक सहायक सुरेशप्रसाद चौरसियाले बताए । भारतको भैँसालोटन र इनर्वाको बीचमा पर्ने पुल भासिएको र सो पुलको मर्मत सम्भार भइरहेका कारण गण्डक नहरमा पानी रोकिएको नारायणी सिँचाइ प्रणाली जल उपभोक्ता संस्था ब्लक नम्बर २ का कोषाध्यक्ष राजकिशोरप्रसाद पटेलले जनाए । पटेलका अनुसार गण्डक नहरमा एक सातापछि मात्र पानी आउने सम्भावना रहेको छ । पर्सा जिल्लामा यसपालि २२ हजार ६०० हेक्टर जग्गामा गहुँको खेती गरिएको जिल्ला कृषि विकास कार्यालय पर्साले जनाएको छ ।