Digital Newspaper of Nepal
| Thursday, 21 June 2018
Subscribe Google+
Smart 4G

हिउँदे आलुमा आकर्षण

NIC Bank, Long AD

November 9, 2014

downloadडडेल्धुरा, २३ कत्तिक । परम्परागत हिउँदे बाली तथा खेतीको विकल्पमा डडेल्धुराका किसान आलुखेती रोज्न थालेका छन् । परम्परागत खेतीबाट जीविका चलाउनै मुस्किल भएपछि डडेल्धुराका किसानले हिउँदे बालीका रूपमा आलुखेती रोज्न थालेका हुन् । अन्य खेतीमा जति काम गरे पनि खानै नपुग्ने समस्याबाट मुक्ति पाउन व्यावसायिक आलुखेती सुरु गरेको किसान बताउँछन् । नगदे बालीका रूपमा रहेको आलुखेतीप्रतिको आकर्षण बढ्दै जान थालेपछि आलुको निर्यातमा बर्सेनि वृद्धि भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

बजार र आम्दानीका हिसाबले आलुखेती राम्रो भएपछि कृषकले अन्य हिउँदे बालीको विकल्पमा व्यावसायिक रूपमा आलुखेती रोज्न थालेको कृषि कार्यालयले जनाएको छ । हिउँदे मौसमका लागिमात्रै ५० टन उन्नत जातका आलुको बीउ कृषकलाई वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । डडेल्धुरामा उत्पादित आलु तथा आलुको बीउ पश्चिम नेपालका विभिन्न जिल्लामा निर्यात हँुदै आएको छ ।