Digital Newspaper of Nepal
| Monday, 24 September 2018
Subscribe Google+
Smart 4G

युरोपेली सङ्घद्वारा पशुबलि रोक्न आग्रह

NIC Bank, Long AD

November 9, 2014

OLYMPUS DIGITAL CAMERAकलैया, २३ कात्तिक । बारा जिल्लाको बरियारपुरस्थित विश्वप्रसिद्ध श्री गढीमाईको मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने मेलामा चढाइने पशुबलि रोक्न युरोपेली महासङ्घका मुलुकहरुले परराष्ट्र मन्त्रालयमार्फत आग्रह गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
विश्वमै सबैभन्दा बढी बलि चढ्ने गढीमाईको मेला मङ्सिर १२ र १३ गते हुँदैछ ।  गढीमाईमा चढाइने पशुबलिबारे युरोपेली सङ्घका राजदूतहरुले परराष्ट्र मन्त्रालयमार्फत बलि रोक्न गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय बारामा पत्र पठाएका थिए ।
गृह मन्त्रालयको पत्रअनुसार जिल्ला प्रशासन कार्यालय बाराले गढीमाई मन्दिर संरक्षण तथा विकास समिति, नेपाल पत्रकार महासङ्घ बारा र सरोकारवालाहरुलाई समेत गृह मन्त्रालयबाट प्राप्त पत्रका विषयमा जानकारी गराएको छ ।