Digital Newspaper of Nepal
| Thursday, 21 June 2018
Subscribe Google+
Smart 4G

आगलागीमा पाँच करोडको क्षति

NIC Bank, Long AD

November 6, 2014

Rake-bazar-Fire._2jpg-312x187पाँचथर, २० कात्तिक । पाँचथर र इलामको सीमाना राँकेमा हिजो भएको आगलागीबाट दशवटा घर जलेर नष्ट हुँदा रु पाँच करोड मूल्य बराबरको धनमालको क्षति भएको छ । पाँचथरको पौवासारताप–७ र इलामको चमैता–२ मा रहेका १० घर पूर्णरुपमा र नौ घर आंशिकरुपमा क्षति हुँदा उक्त मूल्य बराबरको क्षति भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिए । आगलागीबाट पाँचथर जिल्लातर्फ छ र इलामतर्फ चार घर पूर्णरुपमा र पाँचथरतर्फ चार घर र इलामतर्फ पाँच घर आंशिकरुपमा क्षति भएका छन् । कर्ण गुरुङको घरबाट बिहान विद्युत सर्ट भई सुरु भएको आगलागी नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना, वारुणयन्त्र तथा स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।

घरधनी १० जनालाई जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति पाँचथर र इलामबाट रु १०/१० हजारका दरले र आगलागीबाट पीडित परिवारलाई रु पाँच हजारका दरले राहत वितरण गरिएको छ । पीडितलाई नेपाल रेडक्रस सोसाइटी पाँचथर, इलाम, उद्योग वाणिज्य सङ्घ पाँचथरले त्रिपाल, भाडा वर्तन र नगद सहयोग गरेका छन् ।