Digital Newspaper of Nepal
| Wednesday, 25 April 2018
Subscribe Google+
Smart 4G

अरुण तेस्रोका प्रवद्र्धक सतलजसँग सार्क सम्मेलनका क्रममा पिडिए हुने

NIC Bank, Long AD

November 6, 2014

 

arun_20141024102655काठमाडौँ, २० कात्तिक । नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रवद्र्धक सतजल विद्युत् निगमसँग परियोजना विकास सम्झौता(पिडिए) हुने भएको छ । लगानी बोर्ड र अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धकसँग दुई दिनसम्म यहाँ भएको वार्तामा सहमति जुटेपछि उक्त सम्झौता हुने भएको हो । सतलजसँग बोर्डले मङ्गलबार र बुधबार सम्झौताबारे सघन वार्ता गरेको थियो । आयोजनाबाट नेपालले २१.९० प्रतिशत बिजुली निःशुल्क रुपमा पाउने छ भने स्थानीय जनतालाई समेत प्रवद्र्धकले सेयर उपलब्ध गराउने छ ।

सन् २००८ मा भएको समझदारीपत्रमा सेयरबारे कुनै पनि उल्लेख नभएकाले के कति परिणाममा उपलब्ध गराइने हो सो बारेमा भने कुनै जानकारी दिइएको छैन । तर सम्वद्ध पक्षका अनुसार स्थानीय जनतालाई छ प्रतिशत सेयर उपलब्ध गराइनेछ । वार्ताका क्रममा सतजलले स्थानीयवासीलाई चित्तबुझ्दो सेयर प्रदान गर्ने सहमति भएको जानकारी बोर्डले दिएको छ । बोर्डले सङ्खुवासभामा केही समय अघि आयोजना गरेको सार्वजनिक सुनुवाइका क्रममा स्थानीय जनताले आफूहरुलाई सेयर उपलब्ध गराउनुपर्ने र भौतिक पूर्वाधार निर्माणलाई विशेष ध्यान दिनुपर्ने माग राखेका थिए ।

स्थानीय बासिन्दाको सोही मागका आधारमा प्रवद्र्धकले प्रभावित क्षेत्रमा २५ वर्षसम्म २० युनिट विद्युत् निःशुल्क रुपमा उपलब्ध गराउने सहमति जनाएको छ । कुन कुन स्थानमा विद्युत् उपलब्ध गराउने भन्ने बारेमा भने नेपाल सरकारले स्थानीय निकायसँग समन्वय गरी तथ्याङ्क उपलब्ध गराउने भएको छ । स्थानीय तहमा बाटोघाटो, पुलपुलेसा र सामाजिक तथा आर्थिक सुधारका काम पनि प्रवद्र्धकले नै गर्ने सहमति भएको बोर्डका प्रवक्ता घनश्याम ओझाले जानकारी दिए ।