Digital Newspaper of Nepal
| Thursday, 21 June 2018
Subscribe Google+
Smart 4G

साझा अवधारणा बनाउन छलफल

NIC Bank, Long AD

October 30, 2014

काठमाडौँ, १३ कात्तिक । प्रमुख दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा (एमाले)ले संविधानका मुख्य विषयहरुमा समान धारणा बनाउन छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संविधानका मुख्य विवादित विषयहरु प्रदेशको सङ्ख्या, शासकीय स्वरुपलगायतका विषयमा सहमति कायम गर्न आन्तरिक छलफल गरिएको काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । आजै एनेकपा (माओवादी) सहित बस्ने तीन दलको बैठकमा सहमतिका लागि प्रयास गरिने जानकारी गराउँदै उहाँले एमाओवादीसँगको बैठकपछि साझा धारणा निर्माणका सम्बन्धमा टुङ्गोमा पुगिने बताए । एमाले उपाध्यक्ष भीम रावलले काँग्रेस र एमालेबीच संविधानमा मुख्य विवादित विषयमा साझा अवधारणा बनाएर अघि बढ्ने विषयमा आन्तरिक छलफल भएको जनाए । दुई दलबीच धेरै कुरा मिलेको र निर्धारित माघ ८ गतेभित्र संविधान निर्माणको तालिका परिवर्तन नगर्ने कुरामा दुवै दल दृढ रहेको पनि उनले जानकारी दिए । काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आजको तीन दलको बैठकमा संविधानका विवादित विषयमा सहमति कायम गर्न अधिकतम प्रयास गरिने बताए ।