Digital Newspaper of Nepal
| Thursday, 21 June 2018
Subscribe Google+
Smart 4G

केही दिन अनौपचारिक छलफल गरौं ः भट्टराई

NIC Bank, Long AD

October 27, 2014

baburam१० कात्तिक, काठमाडौं, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले दलहरुबिच अझै केही दिन अनौपचारिक छलफल गरेपछि मात्रै औपचारिक छलफलमा जानुपर्ने बताउनुभएको छ ।

अहिले वातावरण केही खुकुलिएको भए पनि भित्री गाँठाहरु नखुलेको भन्दै उहाँले एक दुई दिनपछि मात्रै औपचारिक छलफलमा जान प्रस्ताव गर्नुभएको हो । ‘औपचारिक बैठकमा आफ्ना धारणा त राखिन्छन् तर पार्टीभित्र अदृष्य र नभनिएका कुराहरु पनि थुप्रै हुन्छन्, पार्टीका नेताहरुका पनि छुट्टाछुट्टै हुन सक्छन्, ती कुराहरु पनि बुझेर सम्बोधन नगरेसम्म गाँठो खुल्दैन’ उहाँले भन्नुभयो ‘त्यसैले अझै १र२ दिन अनौपचारिक छलफलहरुमा जोड गरौं र त्यसपछि मात्रै औपचारिक छलफलमा जाऔं भनेर नेताहरुसँग प्रस्ताव राखेको छु ।’ एउटै पार्टीभित्रका नेताहरुका पनि सरोकार, चाहना, इच्छा, आकांक्षा फरक हुने भन्दै भट्टराईले यस्ता अन्तरकुन्तर खोतल्न अझै १/२ दिन प्रयत्न गर्ने पनि बताउनुभयो । १२ गतेसम्म अनौपचारिक विषयमा बढी जोड दिएर १३ र १४ गते तीन दलको औपचारिक बैठक बसेर १५ गतेसम्म टुंगो लगाउने प्रयत्नमा आफू भएको पनि भट्टराईको भनाई छ ।
सहमति निर्माण हुन अझै केही समय लाग्नेतर्फ संकेत गर्दै सभापति भट्टराईले भन्नुभयो ‘बाहिरबाट हेर्दा त एउटै बैठकबाटै सहमति भएर आइदिए हुन्थ्यो जस्तो लाग्छ तर ठूला युद्धपछि हुने सम्झौतामा धेरै गोप्य, निजी, अनौपचारिक छलफलबाट मोटामोटी निष्कर्षमा पुर्‍याएपछि बल्ल औपचारिक बैठकले टुंग्याउने हुन्छ ।’ अब आफू धेरै लम्ब्याउने पक्षमा नरहेको भन्दै भट्टराईले भन्नुभयो ‘सहमति हुन सके सहमति गरेर पठाउने र सहमति नभए पनि अब सकिँदैन अर्को प्रक्रिया के गर्ने हो संविधानसभाले गरोस भनेर पठाउने पक्षमा छु ।’